Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सबइन्जिनियर बिक्रम बुढा, वडा नम्बर ७ का तत्कालीन वडाअध्यक्ष राजेन्द्र बुमी, वडा नम्बर ७ अन्तरगत दाक्च ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्त बहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा र गाउँ कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका संयोजक दलवीर सार्की विरुद्ध मुद्दा दायर भएको हो । 

अख्तियारले उनीहरु विरुद्ध दाक्च ख्याल्च सडक निर्माणमा १३ लाख ७२ हजार ३४० रुपैयाँ अनियमितता गरेको आरोप लगाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update