Odapalika - The Fourth Estate - चौथो अंग
जेठ २३ र २४ गते स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सञ्चालन गर्दै मस्र्याङदी गाउँपालिका

काठमाडौँ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले निःशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर आयोेजना गर्ने भएको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै आगामी जेठ २३ र २४ गते निःशुल्क रुपमा शिविर सञ्चालन गर्ने जनाएको हो । 

पालिकाको ङादी बजारमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ । 

पालिकाको आयोजना र ग्रिन सिटी अस्पतालको प्राविधिक सहयोगमा स्त्री रोग तथा क्यानसर विशेषज्ञ डा. अनिता थापा, ग्रिन सिटि अस्पतालमा जनरल फिजिसियन डा. निदान रावल, डा. राहुल बुढाथोकी, अल्ट्रासोनोलोजिस्ट डा. बिनोद शाहाको समूह द्वारा निःशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । 

उक्त शिविरमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य जाँच (पाठेघरको मुखको क्यान्सर), भिडियो एक्सरे सेवा, सामान्य स्वास्थ्य जाँच, सुगर जाँच, पाठेघरमा रिङ्ग प्रेसरी राख्ने, पिडित बिरामीहरुलाई अप्रेसन गर्नुपरेमा विशेष छुटको व्यवस्था हुनेछ । 

helt-sibir-1717152609.jpg

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update