Odapalika - The Fourth Estate - चौथो अंग
छिमेकी पालिकामा विज्ञान पढ्न पालिकाले दियो छात्रबृत्ति

काठमाडौँ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्नेे विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति दिने घोषणा गरेको छ । 

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको पालिकाले जनाएको छ । 

गाउँपालिकाले विगत ३ वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा  छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  गाउँपालिकाभित्र विज्ञान विषय पठनपाठन हुँदैन । यो विषय पढ्न छिमेकी पाकिलासम्म पुग्नुपर्ने बाध्यता छ ।

विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा २० हजारदेखि ६० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिने पालिकोको भनाइ छ । यो आर्थिक वर्षका लागि गाउँपालिकाले छात्रबृत्तिका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update