Odapalika - The Fourth Estate - चौथो अंग
घुस रकम सहित पर्यटक विकास आयोजनाका दुई सव इन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका दुई सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । 

आयोगले शुक्रबार राजन कुमार भट्टराई र संजय अर्याललाई १७ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । 

उनीहरुले निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए । सेवाग्राहीको गुनासोका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

घुस रकम सहित अख्तियारले उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नं. ३१ अन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौं स्थित निजहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update