Odapalika - The Fourth Estate - चौथो अंग
अनुदान काटिएको बिरोधमा सिंहदरवार छिरे स्थानीय तहका १५० जनप्रतिनिधि 

काठमाडौँ । संघीय सरकारले समानीकरण अनुदानको रकम कटौती गरेको विरोधमा १५० जना जनप्रतिनिधि सिंहदरवार छिरेका छन् । 

उनीहरुले सरकारले अनुदान कटौतीको निर्णय फिर्ता लिन अर्थमन्त्रीलाई२४ घण्टाको समय दिईएको भन्दै निर्णय फिर्ता नभए स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी समेत दिएका छन् । 

अर्थ मन्त्रालयअघि धर्नामा बसेका जनप्रतिनिधिले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर अनुदान रकम कटौती नगर्न ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चाैधरीले वडापालिकालाई बताए । 

२५ प्रतिशत अनुदानको रकम काटिएको भन्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे नेतृत्वमा देशभरका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरु सिंहदरवार पुगेका छन् । 

अर्थमन्त्री पुन संसद बैठकमा सहभागी छन् । जनप्रतिनिधि मन्त्रालयमा आएपछि अर्थमन्त्री भने बैठक छाडेर आफु भेट्न आउन लागेको बताएको जनप्रतिनिधिहरुले बताएका छन् । 

ललितपुरको होटल हिमालयमा मानव बेचविखन सम्वन्धि एउटा गोष्ठीमा सहभागी हुन भेला भएका जनप्रतिनिधि त्यतैबाट सिंहदरवार छिरेका हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update