Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरामा निर्माण व्यवसायीले प्राविधिक जनशक्ति राख्नुपर्ने

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकामा निर्माण व्यवसायीहरुले अनिवार्य रुपमा प्राविधिक जनशक्ति राख्नुपर्ने भएको छ । 

पालिकाले प्राविधिक जनशक्ति नराखि निर्माण कार्य गर्दा सम्झौता बमोजिमको गुणस्तर तथा परिमाणमा गुणस्तरीयता नदेखिएको भन्दै प्राविधिक खटाउन निर्माण कम्पनीलाई निर्देशन दिएको हो । 

पालिकाले आइतबार एक सूचना जारी गर्दै उपमहानगरपालिकासँग सम्झौत भएको निर्माण व्यवसायी कम्पनीहरुलाई अनिवार्य रुपमा प्राविधिक जनशक्ति राख्न दिर्नेशन जारी गरिएको जनाएको हो । 

पालिकाको निर्देशन अनुसार निर्माण कम्पनीले प्राविधिक जनशक्ति नराखे सार्वजनिक खरिद एने, २०६३ र सार्वजनिक खरिद नियमाली, २०६४ अनुसार कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ । 

notice-1717322555.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update