Odapalika - The Fourth Estate - चौथो अंग
प्रशासकीय अधिकृतले नै बनाए नक्कली लेटरप्याड, ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहिदनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले आइतबार विशेष अदालतमा धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत ३ जना उपर गलत लिखत तथा घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो । 

नगरपालिकाको इन्जिनियर भन्ने रमेश कुमार चौधरीले बिद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । उजुुरीका आधारमा बर्दिवासबाट खटिएको आयोगका टोलिले १ लाख नगदसहित १ लाख ७५ हजार रुपैयाँको चकसहित इन्जिनियर चौधरी र उनका साथी बताउँने गुरुदेव यादवलाई नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीको मुुख्य योजनामा रुफ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन कम्पनीको नक्कली लेटरप्याड बनाई प्रवन्धकको नक्कली स्यान सिक्नेचर प्रयोग गरेको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

२ लाख ७५ हजार रुपैयाँ विगो दाबी गर्दै आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update