Odapalika - The Fourth Estate - चौथो अंग
कोशी सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेस पनि सहभागी हुने 

काठमाडौँ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । 

कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक बहिस्कार गरेको थियो ।

आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति समेत प्रदान गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update