Odapalika - The Fourth Estate - चौथो अंग
कलैया उपमहानगरले जितपुर सिमरा उपमहानगरमा डोजर लगाउन खाेजेपछि....

काठमाडौँ । कलैया उपमहानगरपालिका मेयरको निर्देशनमा आधारभूत स्वास्थ्य केन्द्रमा जर्वजस्ती डोजर चलाउन खोजेपछि विवाद उत्पन्न भएको छ । 

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहको निर्देशनमा भूमाफियासँग मिलेर कलैयाका नगर प्रहरीले जितपुर सिमरा उपमहानगरको वडा नम्बर १८ मा पर्ने स्वास्थ्य केन्द्र भत्काउन खोजेको जितपुर सिमराको दाबी छ । 

सो नगरपालिकाको वडा नम्बर १८ का वडाअध्यक्ष चतुरबाबु वाग्लेले प्रेस विज्ञप्ति नै प्रकाशन गरेर मेयरले भूमाफियासँग मिलेर आफ्नो वडामा रहेको संरचनामा हस्तक्षेप गर्न खोजेको जनाएका छन् । 

उनले विज्ञप्तिमा एउटा स्थानीय सरकारले अर्को स्थानीय तहको भूगोलमा पर्ने जग्गा अतिक्रमण गर्न खोज्नु आपत्तिजनक विषय भएको बताएका छन् । 

१८ जेठमा कलैया उपमहानगरपालिकाका नगर प्रहरीले स्वास्थ्य केन्द्र भत्काउन खोजेपछि विवाद सुरु भएको हो । पछि जितपुर सिमरा र कलैया उपमहानगरबीच कुराकानी भएपछि अप्रिय घटना भने हुन पाएन । 

कलैयाका मेयर साहले सो विषय आफुले समाधान गर्ने प्रतिवद्धता जनाएपनि पछि वेवास्ता गर्न थालेपछि विज्ञप्तिमार्फत कार्यालयको धारणा सार्वजनिक गरेको वडाअध्यक्ष वाग्लेले जानकारी दिए । 

यस्तो छ विज्ञप्ति 

43648177-b1bd-4760-ada6-47485193432e-1717390224.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update