Odapalika - The Fourth Estate - चौथो अंग
सडक डिभिजनले टाल्यो काठमाडौं महानगरले भत्काएको न्यूरोडको सडक

काठमाडौँ । काठमाडौँ महानगरले भत्काएको न्यूरोड क्षेत्रको सडकमा सडक विभागले पीच टाल्न सुरू गरेसँगै विवाद भएको छ । पिच टाल्दै गर्दा काठमाडौँ महानगरका नगर प्रहरी पुगेपछि दुईपक्षबीच विवाद भएको हो । 

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ । 

मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो ।

सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुनःस्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो । महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update