Odapalika - The Fourth Estate - चौथो अंग
लोकतान्त्रिक समाजवादीले भन्योः अनुदान कटौतीको विषयमा जनप्रतिनिधि आन्दोलित हुनु नकारात्मक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अनुदान कटौतीको विषयलाई लिएर देशभरका जनप्रतिनिधि आन्दोलित हुनु नकारात्मक भएको जनाएको छ । 

पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै संघीय सरकारले स्थानीय तहलाई दिँदै आएको वितीय समानीकरण अनुदानको करिव २४ अर्ब ४८ करोड रकम निकासा चालु आ.व. २०८०÷८१ मा रोकिएकोले नेपाल नगरपालिका संघ तथा गाँउपालिका राष्ट्रिय महासंघ नेपाल आन्दोलित भएकोमा लोसपा नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

‘संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मर्म अनुरुप नेपालको संघीय लोकतान्त्रिक शासन व्यवस्था समन्वयकारी एवं तीन तहको सरकारहरु बीच सहकार्यको प्रयाप्त आधारहरु संविधानले नै प्रदान गरेको हुँदा स्थानीय तहको कार्य क्षेत्रमा प्रतिकुल असर पर्ने कुनै पनि कार्य संघीय सरकारले गर्नु हुँदैन भन्ने मान्यता लोसपा नेपालको रहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘समानीकरण अनुदानको रकमको निकासा जून सुकै बाहानामा रोकिनु केन्द्रिकृत मानसिक्ताको उपज रहेको तथा यसले स्थानिय तहको विकाशलाई नराम्रो सँग प्रभावित गर्ने हुँदा तत्काल रकम निकासा गर्नको लागि नेपाल सरकारसँग लोसपा नेपाल जोडदार माँग गर्दछ ।’ 

fde5037c-b62c-47da-9bed-e5ffbf3aed29-1717404896.jpg


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update