Odapalika - The Fourth Estate - चौथो अंग
जीप दुर्घटनामा वडा सदस्यसहित ५ जनाको मृत्यु 

मुगु । मुगुको सोरु गाउँपालिका–७ मा सोमबार राती भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्वरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको निधन भएको हो । 

स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा २ जनाको निधन भएको छ भने एक जनाको थप उपचारका लागि सदरमुकाम लैजाने क्रममा बाटोमा निधन भएको प्रहरीले जनाएको छ । 

मृतक मध्ये लोकजंग नेपाली सोरु गाउँपालिका–५ का वडा सदस्य भएको प्रहरीले जनाएको छ । निधन हुनेमा पिउस परियार, प्रकाश बोहोरा र राम परियार छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update