Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरीका मेयर सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले सोमबार विशेष अदालतमा लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको भन्दै मेयर गजेन्द्र महर्जन सहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update