Odapalika - The Fourth Estate - चौथो अंग
गर्मी बढेको भन्दै छायाँनाथ राराका विद्यालय अब बिहान खुल्ने

काठमाडौँ । राराको छायाँनाथ रारा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालय बिहान सञ्चालन हुने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि १५ दिनसम्म बिहान कक्षा सञ्चालन हुने जनाएको हो । 

बढ्दो गर्मी तथा दिनमा हावाहुरी चल्ने गरेका कारण यस नगरपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु मंगलबारदेखि १५ दिनसम्मको लागि बिहान ६ बजेदेखि ११ बजेसम्मको समयमा सञ्चालन हुने निर्णय भएको हुँदा सोही अनुनसारको निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नुहुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ । 

notice-1717412308.jpg
 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update