Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार मुद्दा लागेर निलम्बित उपसचिव माथि पुन: अर्काे मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै निलम्बनमा परेका उपसचिव विश्वराज मरासेनी माथि पुनः अर्काे मुद्दा दायर भएको छ । 

अख्तियारले सोमबार विशेष अदालतमा ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

यसअघि नै उपसचिव मरासेनी विरुद्ध आयोगले २०८० को असोज ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा रहदा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको  थियो । 

त्यसयता निलम्बनमा परेका उनीमाथि सोमबार पुनः १७ करोड ८९ लाख ९३ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अर्काे मुद्दा दायर भएको हो । 

यसअघि सिम्रौनगढमा रहदा उनीमाथि छ लाख अन्ठाउन्न हजार चार सय चालीस रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update