Odapalika - The Fourth Estate - चौथो अंग
टी–२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

युवा तथा खेलकुद मन्त्रायलले आइतबार सचिव स्तरीय निर्णय गर्दै स्थानीय तहलाई परिपत्र गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । 

‘आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेलापी क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहेको हुँँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणका लागि अनुरोध छ’, पत्रमा भनिएको छ । 

विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल आज राति सवा ९ बजेबाट सुरु हुँदैछ । 

काठमाडौं महानगरपालिकाले भने टुँडिखेलसहित महानगरका विभिन्न स्थानमा खेल प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ । यस्तै, पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित परिचय एड्भरटाईजिङ एजेन्सीको ठुलो एलईडि स्क्रिनमा नेपाल र नेदरल्यान्ड  बिचको खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update