Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट

काठमाडौँ । सामुदायिक विद्यालय सुधारमा इलामको सुर्योदय नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिका घोषित भएको छ । 

देशभरका सामुदायिक विद्यालयका प्रिन्सिपलहरुको छाता संगठन प्रिन्सिपल एशोसिएसन अफ नेपालले सुर्योदयलाई कोशीको उत्कृष्ट स्थानीय तहमा छनौट गर्दै पुरस्कृत गर्ने निर्णय गरेको हो । 

एशोसिएसनका अनुसार नगरपालिकालाई एसोशिएसनको २६ जेठमा काठमाडौँमा हुने पहिलो राष्ट्रिय सम्मेलनमा सम्मान तथा पुरस्कृत गरिनेछ । एशोसिएसनका सभापति सुदाम गौतमका अनुसार सामुदायिक विद्यालयको शैक्षिक कृयाकलापमा सुर्योदय उत्कृष्ट घोषित भएको हो । 

एसोसिएसनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान दिने पालिका, प्रधानअध्यापक, विद्यालय र शिक्षकलाई सम्मान गर्ने जनाएको छ । 

देशभरका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरु संलग्न यो एशोसिएसन गैरराजनीतिक र गैरनाफामूलक संस्था हो । एसोशिएसनले २६ देखि २८ जेठसम्म काठमाडौँमा पहिलो राष्ट्रिय सम्मेलन गर्दैछ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update