Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला 

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आथिर्एक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा बाचन गरेको नीति तथा कार्यक्रममा एक पालिका एक कृषक पाठशाला लगायतका दर्जनौ कार्यक्रम प्रस्ताव गरिएको छ । 

नीति तथा कार्यक्रमा ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमलाई प्रभावकारी बनाइने, ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ ।  यस्तै आयोजना बैँक स्थापना गरी आयोजना निर्माण प्रक्रियामा सुधार ल्याइनेदेखि उत्पादनमुलक आयोजनामा लगानी गरिने नीति सरकारले ल्याएको छ ।

बालविवाह, छाउपडी प्रथा, छुवाछुतको अन्त्यका लागि सामाजिक सशक्तीकरण कार्यक्रम चलाइने छ भने राउटे समुदायको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै कर्णालीको भाषा, संस्कृतिलाई संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी कानुन बनाइने, सुर्खेत विमानस्थलको विस्तार, आन्तरिक हवाई उडानका लागि पहल गरिने, राजधानीमा सीसीटिभी क्यामेरा जडान गरिने सरकारले योजना ल्याएको छ । 

प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ ।  सार्वजनिक शिक्षा सुधारका लागि ‘१० वर्षे शिक्षा नीति’ तयार गरिने बताइएको छ । साथै कर्णालीलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने उल्लेख छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update