Odapalika - The Fourth Estate - चौथो अंग
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी 

ललितपुर । नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ । 

आज एक कार्यक्रमबीच महानगरका मेयर चिरिबाबु महर्जन र नगर प्रहरी बल प्रमुख सिताराम हाछेथुले यो कार्यक्रमको शुभारम्भ गरेका छन् । 

‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान अन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिने ललितपुर महानगर प्रहरी बलका प्रमुख हाछेथुले जानकारी गराए ।

उनका अनुसार वडामा खटिने प्रहरीले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्ने छ । 

महानगरले एक कार्यक्रमको आयोजना गरेर ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ योजनाको उद्घाटन गरेको हो ।  मेयर चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले नगर बासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने बताए सो अवसरमा बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update