Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू 

काठमाडौँ । स्थानीय तहहरुले कृषि र पशुपालनमा ठूलो लगानी गर्दै आएका छन् । दूधमा अनुदान, घाँस, मल, पशुलगायतमा मनग्य अनुदान दिएका स्थानीय तहहरुले त्यसको सदुपयोगबारे त रेकर्ड राख्दैनन् नै पालिकाभित्र कति पशुपंक्षी पालिएका छन् भने एकीकृत तथ्यांक समेत छैन । 

तर लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ । 

गएको वर्षमात्र पालिकाका कृषकले ५ हजार ८९९ मेट्रिक टन दूध उत्पादन गरेको तथ्यांक रहेको गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले बताए । 

चौधरीका अनुसार पालिकाभित्र ६८ वटा पशुपालन फर्म र ७ वटा पशुपालन समूह छन् भने पालिकासँग ५ वटा भन्दा वढी पशुपालन गर्नेको सम्पूर्ण तथ्यांक छ । उनीहरुको एकीकृत तथ्यांक तयार पारेर आवश्यक सहयोग गर्दै आएको चौधरी बताउँछन् । 

हेर्नुहोस् पालिकाभित्रका पशुको तथ्यांक 

pasu-data1692097726.JPG

पालिकाले कृषकका पशु फार्मलाई दर्ता गर्न भनेको छ । यसरी दर्ता भएका कृषकले सहुलियत दरमा दानालगायतका खाद्यबस्तुसमेत पाउँदै आएका छन् भने ५ भन्दा वढी पशु पाल्ने कृषकलाई समेत यस्ता सुविधा दिदै आएको चौधरीको भनाइ छ । 

कृषकहरुले गाईभैँसी मात्र होइन समूह बनाएर बाख्रा, कुखुरा, र माछापालन पनि गर्दै आएका छन् । पालिकासँग ५ भन्दा वढी पशुपालन गर्ने १९२ जना कृषकको तथ्यांक छ । जसमा कुन कृषकको गोठमा कति पशु छन्, कुन वडामा कसको घरमा कति पशु छन्? ती गोठवाट दैनिक कति दूध उत्पादन हुन्छ भन्नेसम्मको तथ्यांक पालिकासँग छ । 

मायादेवी–५ का कृषकसमुहले ३०० वटासम्म गाई पालेको र दैनिक १ हजार लिटरसम्म दूध उत्पादन गर्ने गरेको पालिकाले राखेको तथ्यांकले देखाउँछ । 

हेर्नुहोस पशुपालनमा आवद्ध फार्म र कृषकको नाम 

चौधरीका अनुसार पशुपालनको एकीकृत तथ्यांक राख्नेमा मायादेवी देशका सबै पालिका भन्दा अघि छ । मायादेवीको यो तरिका र कृषकमैत्री अभ्यास अन्य पालिकाले पनि सिक्ने कि !


 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update