Odapalika - The Fourth Estate - चौथो अंग
ऐन संशोधन गर्न छलफलमा जुटे १० वटा संघीय मन्त्रालय 

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ । 

यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ । कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए । छिटै छलफल सकेर विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको उनको भनाइ छ । 

उनले भने, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौं । जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन । त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौं । १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौं । छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पु¥याउने काममा जुटेका छौं ।’ 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update