Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकामा मत गणना विवादः उच्चको फैसलाविरुद्ध मेयर पुगे सर्वोच्चमा

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाले पुनःमत गणनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । 

गत जेठ १ गते उच्च अदालत पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनःमतगणना हुने फैसला थियो ।

उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ ।

सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन् ।

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका वैकुण्ठ न्यौपाने बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेर चुनाव जित्दा उनका निकटतम् प्रतिद्धन्द्दी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजले मतगणना सकिएलगत्तै धाँधली भएको भन्दै दर्ता गराएको मुद्धामा उच्च अदालत पोखराले गत २ जेठमा पुनः मतगणना गर्न आदेश दिइसकेको छ । 

अदालतको आदेशअनुसार सो पालिकाको मतगणना फैसला भएको एक महिना पछि अर्थात २ असार बिहान १० बजेबाट गर्नू भन्ने उल्लेख भएकाले सोही अनुसार तयारी अघि वढाएको हो । 

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जितेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए ।


 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update