Odapalika - The Fourth Estate - चौथो अंग
सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । 

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रश्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रश्तावलाई बहुमतले पारित गरेको हो । 

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताईन । उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरु सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम शुरु हुन्न भनेर तोक्न नसकिने बताईन । कयौँ मेसिनहरु छपाई गर्नसक्ने स्थितिमा रहेपनि अन्य कयौँ मेसिनहरु पनि ल्याउनुपर्ने उनको भनाई छ । 

राष्ट्रिय सभाबाट पारित हुँदा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोटमात्र सुरक्षित मुद्रण केन्द्रले छपाइ गर्ने व्यवस्था गरिएको भने प्रतिनिधिसभाले अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र पनि केन्द्रले नै छपाइ गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा प्रतिनिधिसभाले गरेका संशोधन स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकलाई प्रतिनिधिसभाले पनि पारित गरेकाले अब प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update