Odapalika - The Fourth Estate - चौथो अंग
मोरङका १७ वटा स्थानीय तहः आगामी वर्षको लागि कुन पालिकाले केन्द्रबाट कति रकम पाए ?

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरिसकेको छ । सरकारले ल्याएको बजेट संसदमा छलफलको क्रममा छ ।

संघीय सरकारले ल्याएको बजेट संसदबाट पारित हुन बाँकी रहे पनि आगामी आर्थिक वर्षको बजेटको आकार र कार्यक्रमहरु अहिले सार्वजनिक गरेका नै हुन् । किनभने सरकारले ल्याएको बजेटको आकार लगायतका विषय परिवर्तन गर्ने प्रचलन छैन । बजेट आकारमा १ रुपैयाँ मात्रै परिवर्तन भयो भने पनि सरकारले त्यसलाई प्रतिष्ठाको विषय बनाउने र सरकार नै ढल्नेसम्मको गतिविधि हुने गर्छ ।

संघीय सरकारले ल्याएको बजेटमा आगामी आर्थिक वर्ष स्थानीय तहहरुलाई दिने बजेट पनि उल्लेख गरिएको छ । संघीय सरकारले स्थानीय तहरुलाई ४ प्रकारको शीर्षकमा अनुदान दिने गर्छ । 

संघीय सरकारले स्थानीय सरकारहरुलाई समानीकरण, सशर्त, विषेश र समपुरक अनुदान दिने गर्छ । र, यस्तो अनुदान रकम संघीय सरकारले बजेट सार्वजनिक गरेसँगै सार्वजनिक हुने गर्छ ।

यसरी सार्वजनिक भएको बजेटमध्ये कोशी प्रदेशमा पर्ने मोरङ जिल्लाका स्थानीय सरकारहरुले केन्द्र सरकारबाट कति अनुदान पाउने रहेछन् भनेर हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं । मोरङ जिल्लामा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् ।

अर्थमन्त्रालयका अनुसार मोरङको एकमात्र महानगरपालिका विराटनगर महानगरलाई संघीय सरकारले १ अर्ब २२ करोड ३ लाख रुपैयाँ अनुदान दिने भएको छ । यो रकममध्ये ३२ करोड ६६ लाख समानीकरण अनुदान, सशर्त अनुदान ८० करोड ७७ लाख रुपैयाँ, विशेष अनुदान ७ करोड ५० लाख र समपुरक अनुदान १ करोड १० लाख रुपैयाँ छ ।

मोरङका नगरपालिकाहरुलाई संघीय सरकारले ४ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ अनुदान दिने भएको छ । यो रकम सबै (८ वटा नै) नगरपालिकाको लागि हो । यस्तै, मोरङका ८ वटा गाउँपालिकाको लागि संघीय सरकारले ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

मोरङका कुन स्थानीय तहले कति रकम अनुदान पाउँछन् भन्ने विस्तृत विवरण यहाँ छः

morang-local-lavel-1717675666.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update