Odapalika - The Fourth Estate - चौथो अंग
३ वटा प्रदेशमा पानी पर्दा मधेशमा हावाहुरीको जोखिम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका कतिपय स्थानमा बिहानैबाट पानी परिरहेको छ । 

विभागका अनुसार यो क्रमम आज मधेश प्रदेशमा दिनभरजसो जारी रहनेछ भने वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा  छ । 

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली देखिएको मौसम दिउसो भने यी क्षेत्रमा खास प्रभाव पार्ने खालको हुने छैन । 

आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने  र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

यी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ । मधेस प्रदेशका एकदुई स्थानमा भने हावाहुरीको सम्भावना छ ।  

विभागले राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update