Odapalika - The Fourth Estate - चौथो अंग
लिटरमै १४ रुपैयाँ वढ्यो डिजेल र मट्टितेल, पेट्रोल ५ रुपैयाँ महंगियो 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वढेको छ । नेपाल आयल निगमले  स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । 

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । समायोजन भएको मूल्य बुधबार रातिबाटै लागू भइसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update