Odapalika - The Fourth Estate - चौथो अंग
एकैदिन ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर बढ्दै गएको सुनको मूल्य आइतबार घटेको छ । शुक्रबारसम्म हालसम्मकै उच्च पुगेको सुनको मूल्य आइतबार तोलामा ४ हजार रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update