Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकाले गरेका असल अभ्यासहरु

हामी निर्वाचित भएको २ वर्ष भैसकेको छ । हामीले धेरै असल अभ्यासहरु पनि गरिसकेका छौँ । मुलुककै नमुना–नमुना कार्यक्रमहरु पनि ल्याएका छौँ । 

तर पनि हामीले यी कुराहरुलाई प्रचार गर्न सकेनौँ । प्रचार कम भयो भनेर सुझावहरु नआएका पनि होइनन् । र, हामीलाई पनि प्रचार गर्न नसकेका हौँ कि भन्ने भान भएको छ । हामीले नजानेको पनि हुनसक्छ । त्यसैकारण हामीले यो वर्षदेखि पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढ्नका लागि कार्यक्रम राख्छौँ । संस्थागत रुपमा सबै पत्रकार साथीहरुसँग सहकार्य गरेर अगाडी बढ्ने जानकारी गराउन चाहन्छु । 

अहिले हामीले नजानेर पनि केही गल्तीहरु भएका पनि हुनसक्छ । ती कुरा हामीलाई सुझावका रुपमा दिनुभयो भने त्यसलाई हामीले अनुशरण गर्ने, राम्रो बाटोमा लाग्न पनि प्रेरित हुन्छ । र, मैले यही मञ्चमा उभिएर बोलिरहँदा मलाई पनि केही कुरा पत्रकार साथीहरुले गरेको गतिविधिमा हामी पनि सन्तुष्ट छैनौँ । 

हामीले गरेका कामहरुलाई सुझावको रुपमा पनि दिन सकिन्थ्यो । हामीलाई भेटघाट नै नगरिकन, हाम्रा कमिकमजोरीहरु कहाँ छन भनेर खोजी हिड्ने साथीहरु पनि भेटियो । 

त्यो खोजी हिड्ने क्रममा सूचनाको अधिकार भनेर नगरपालिकाबाट सकै कुराहरु लिएर गएको अवस्था छ । मैले त सबै कुराहरु मजाले दिएर पठाउनु भनेको छु । नगरपालिकाबाट लगेको सूचनामा समेत केही नपाएपछि केही साथीहरुले अब मेयर हराएको सूचना भनेर भिडियो समेत बनाउनु भएको रहेछ । उहाँलाई म भन्न चाहन्छु, हामीँ कही हराएको छैन्, यही समुदायमा छौँ । यही समुदायका लागि काम गर्न आएका हौँ । हामीले राष्ट्रिय रुपमा चर्चा लिनका लागि काम गरेका पनि छैनौँ । हामीले राष्ट्रिय रुपमै बरु केही असल अभ्यासहरु गरेका छौँ । 

एउटा मुख्य काम हो जेष्ठनागरिक बीमा । हामीले ५ वर्षभित्रमा नगरबासीलाई बीमा गर्ने भनेर जुन अभियान चलायौँ, अहिले सबैले नगरपालिकाहरुले तपाइँले यो कसरी गर्याे भनेर हामीलाई हाम्रो कार्यविधि समेत माग गरेको अवस्था छ । 

हामीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ भनेर यो २ वर्षभित्रमा पूर्वाधार निर्माणका लागि २ वटा विद्यालयमा २० करोड रुपैयाँ बराबरको काम सुरु भएको छ । टेन्डर आह्वान भएर काम सुरु भैसकेको छ । 

एउटा श्रीकाली माविको केही दिनभित्रमै सुभारम्भ गदैछौँ । हामीले मौलिक नामाकरण गर्नुपर्छ भनेर यो नगरको हराएको नामहरु विज्ञहरुको टोली बनाएर २२ महिना अध्ययन गरियो । हामीले ४ सयभन्दा बढी नामहरु सम्माननीय प्रधानमन्त्रीबाट तिहारमा सुभारम्भ गर्यौं । टोलटोलमा जथाभावी नामाकरण गर्ने कुराहरु थिए । तीलाई रोकेर अहिले हामीले टोल टोलमा मौलिक नामहरुलाई स्थापित गर्न हामी सफल भएका छौँ । 

हामीले स्वास्थ्य क्षेत्रमा नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा २ वर्षभित्र तपाइँले धेरै  सुधार देख्न सक्नुहुन्छ । हामीले पूर्वाधारमात्र होइन, स्वास्थ्य सेवामा पनि धेरै सुधार गरिसकेका छौँ । 

हामीले नगर अस्पतालमा सीटी स्यान, डाइलोसिस चलायौँ । अहिले मात्र ४  वटा महत्वपूर्ण कामहरु हामीले गरिरहेका छौँ । हामीले अहिले त्यहाँ ब्लण्ड बैंक बनाइरहेका छौँ । नयाँ आइस्युको टेन्डर गरिसकेका छौँ, सुविधा सम्पन्न आइसियु बनाउनु पर्छ भनेर । 

अहिले हाम्रो नगर अस्पतालमा दैनिक २५ वटाभन्दा बढी अपरेशन हुने गरेको छ । त्यो भिडलाई थेग्न नसकेर हामीले नयाँ अपरेशन थ्रियटर बनाउन लागेका छौँ । जसका लागि आवश्यक पर्ने सबै उपकरणको टेन्डर आह्वान गरेर अहिले खरिद प्रक्रियामा छ । 

अब हामीले अर्काे वर्षमा अर्काे कार्यक्रम भनेको अब दैनिक १ हजारभन्दा बढी बिरामी आएपछि व्यवस्थापन गर्न गाह्रो भयो । हाम्रो बीमा पैसामात्रै १७ करोड रुपैयाँभन्दा बढी लिनुपर्ने देखिएको छ । यसले हामीलाई धेरै गाह्रो भयो ।

औषधिको व्यवस्थापनमा हामी यसपालि सफल भएका छौँ । अहिले कर्मचारीको व्यवस्थापनमा हामीलाई अलि समस्या भएको छ । केही आन्तरिक सुधारहरु गर्नुपर्ने देखिएको छ । यसका लागि हामीले अहिले हल निर्माण गरिरहेका छौँ। 

हामीले गरेका यस्ता असल अभ्यासहरुमा पनि पत्रकार साथीहरुले उजागर गर्दिनुभयो भने हाम्रो सेवासुविधा तपाइँहरुमार्फत जनतामा पुग्यो भने यसबाट जनतालाई थोरै भएपनि लाभ मिल्ने थियो कि भन्ने मैले अपेक्षा गरेको छु । 

यस्तै, हामीले पर्यटकीय स्थलका रुपमा रहेको भक्तपुरमा पर्यटकहरु आउँछन्, तर यहाँ उनीहरु १ रात बास बस्नसक्ने अवस्था छैन । हामीले पर्यटन गुरुयोजना अन्तरगत थिमी चोकबाट यसको सुरुवात गरेका छौँ। 

यस्तै, अब हामीले ल्याको दरबारलाई दरबार कायम गर्ने र दरबारमा रहेको स्कुललाई स्थानान्तरण गर्नका लागि स्कुल निर्माण गरिसकिएको छ । नरदेशको दरबार हामीले केही दिनअघि मात्रै सुभारम्भ गरेका छौँ । 

(मेयर श्रेष्ठले नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको ९औँ अधिवेशन तथा साधारणसभामा राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update