Odapalika - The Fourth Estate - चौथो अंग
के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन

काठमाडौँ । देशभरका गाउँपालिकाहरुको वेबसाइटमा समस्या आएको छ । यो समाचार तयार पार्दासम्म कुनै पनि गाउँपालिकाको वेबसाइट खुलेका छैनन् ।

वेबसाइटमा ‘यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्कने छौं,’ भन्ने सुचना देखिन्छ ।

यो समस्या आइतबार विहानदेखि नै जानकारी आएको हो । यो समाचार तयार पार्दासम्म (आइबार दिउसो १ः२५ बजेसम्म) पनि समस्या समाधान नभएपछि हामीले गाउँपालिका राष्ट्रिय महासंघ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यसबारेमा जानकारी लिन सम्पर्क गरेका छौं । 

हामीले महासंघका महासचिव खिमबहादुर थापासँग सम्पर्क गरेका छौं । उनले वेबसाइटमा समस्या देखिएको र के भएको हो भन्ने बारेमा जानकारी प्राप्त नभएको बताए ।

‘वेबसाइट खुलेको छैन । हामीले कुरा गर्दा मन्त्रालय (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) ले केही बनाउँदै छ भन्ने जानकारी आएको छ । मन्त्रालयले केही गर्दै गरेको कारण समस्या भएको होला,’ महासचिव थापाले वडापालिकासँग भने ।

gaupalika-website-1717919667.jpg

त्यसपछि हामीले मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलसँग सम्पर्क गरेका छौं । उनी मन्त्रालयको सुचना प्रविधि शाखाको उपसचिव पनि हुन् । तर, उनले गाउँपालिकाको वेबसाइटमा समस्या आएको भन्ने विषयमा आफूलाई जानकारी प्राप्त नभएको बताए ।

‘त्यस्तो समस्या आएको मलाई थाहा भएन । आइटीका इन्जिनियर साथीहरुसँग कुरा गरेर बुझ्छु नि त,’ पोखरेलले वडापालिकासँग भने ।

कसले बनाएको हो वेबसाइट ?

गाउँपालिकाहरुले प्रयोग गरेको वेबसाइट मन्त्रालयले नै बनाइदिएको हो । मन्त्रालयका सुचना अधिकारी पोखरेलले मन्त्रालयले व्यवस्थापन गर्ने र गाउँपालिकाहरुले संचालन गर्ने मोडालिटीमा वेबसाइट संचालन भइरहेको बताए । यद्यपि, किन वेबसाइटमा समस्या आयो र कहिलेदेखि खुल्छ भन्ने अझै यकिन भएको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update