Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः पहाडमा सामान्य झरी, धेरै ठाउँमा घाम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आंशिकदेखि सामान्य बदली रही आज सातै प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हालदेशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागको केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण विभागको छ । 

भरे राती कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने अनुमान विभागको छ । साथै मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

मनसुनको न्यूनचापीयरेखा नेपाल नजिक छ। आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापनभएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update