Odapalika - The Fourth Estate - चौथो अंग
वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

काठमाडौँ । सीजी फुड्स नेपाल लिमिटेडले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कायाृन्वयनमा ल्याएको हो । 

सीजी फुड्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त घोषणा गरेको हो । टि–२०२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाइ वाइको उक्त प्याकेट विशेष हुने कम्पनीले विश्वास लिएको छ ।

वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीमा थप उत्साह ल्याउने विश्वास गरिएको कम्पनीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

६० लाख सहयोग

सीजी फुड्सले यु–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई  ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

लामो समयदेखि पुरुष यु–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला क्रिकेट टिमलाई प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख रुपैयाँ गरि जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो । 

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी, सीजी फुड्सका सिइओ प्रदिप पुडासैनी, र क्यानका सचिव पारस खड्काबीच यससम्वन्धि सम्झौता भएको छ । 

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनवापत १ हजार र प्रत्येक चौका वापत ८ हजार रूपैया सहयोग गर्ने घोषणा गरिसकेको छ । 

यस्तै सीजीले प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार र प्रत्येक शतक वापत १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update