Odapalika - The Fourth Estate - चौथो अंग
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र 

काठमाडौँ । नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । 

जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको संघका सभापति तेज मोक्तानले जानकारी दिए ।    

नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । 

पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकाल बताउँछिन् ।

गाउँपालिकाभित्र सात वटा वडा छन् भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन् । नेपाल नेत्र ज्योति संघ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update