Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्जमा अत्यधिक गर्मी, साढे १० बजेसम्म मात्र खुल्न थाले विद्यालय 

काठमाडौँ । अत्यधिक गर्मी हुन थालेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयमा बिहान पठनपाठन सुरु गरिएको छ । 

महानगरपालिकाले सबै विद्यालयलाई बिहान साढे १० बजेसम्म मात्र कक्षा संचालन गर्न निर्देशन दिएपछि विद्यालयहरु बिहान खुल्न थालेका हुन् । 

महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई/मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम जारी रहेन भउकाले बिहानी कक्षा  सुरु गरिएको बताए ।

‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ’ महानगरले सूचनामार्फत भनेको छ । 

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन बन्द गरिएको थियोे । यसपछि बर्सात भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update