Odapalika - The Fourth Estate - चौथो अंग
विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि 

काठमाडौँ । विराटनगर महानगरपालिकाले पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि चाहिनेऔषधि निःशुल्क वितरण गरेको छ । 

महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।

किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

महानगरले पशुको गोबर जाँच गरी औषधि वितरण गरेको बताएको छ । यो वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ । 

महानगरमा दर्ता भएका ४० वटा पशुकृषि फर्मलाई परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको छ भने यस वर्ष १२१ किसानलाई हिउँदे र बर्से घाँसको बीउसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update