Odapalika - The Fourth Estate - चौथो अंग
८ कक्षासम्मको किताब लेख्न टेन्डर आह्वान

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक लखन प्रस्ताव आह्वान गरेको छ । 

नगरले स्थानीय पाठ्यक्रमअनुसार हाम्रो नेपालगञ्ज नामक पुस्तक लेख्न १२ भदौसम्मको समय दिएर प्रस्ताव आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । 

कम्तीमा ९० र वढीमा १२० पेजको किताब लेख्नुपर्ने उपमहानगरको प्रस्तावमा उल्लेख छ ।  यस्तो किताव लेख्ने व्यक्तिले लेखन, सम्पादन, चित्र, टाइपिङ र डिजाइनसमेतको काम सम्पन्न गर्नुपर्नेछ । 

रिजालका अनुसार सबैभन्दा कम मूलयमा आकर्षक प्रस्ताव गर्नेलाई लेखनको जिम्मेवारी दिने उपमहानगरको तयारी छ । 

nepalgung-proposal1692156719.jpg

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update