Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षकलाई कडाई गर्दै फेदीखोलाः शैक्षिक सत्रको बीचमा सरुवाको सहमति नदिने

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक सरुवामा कडाई गर्ने भएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै शैक्षिक सत्रको बीमा शिक्षकको सरुवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो । 

स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षाको काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्ने क्रममा फेदीखोला गाउँपालिकाले फेदीखोला गाउँपालिकाको स्थानीय शिक्षा ऐन, २०७४ र स्थानीय शिक्षा नियमावली, २०७५ लागु गरी कार्यान्वयन गरिरहेको जनाएकोे छ । 

गत शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने सरुवा र पदपुर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको निष्कर्ष रहेको पालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

उक्त निश्कर्ष निकाल्दै पालिकाले हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भई जानलाई सहमति नदिईने निर्णय भएको जनाएको हो । 

 

 

 


 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update