Odapalika - The Fourth Estate - चौथो अंग
पैयूँ गाउँपालिले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडाैँ । पर्वतको पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । 

स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ । असार १० गते अगाडी नै बजेट ल्याउने तयारी अनुसार सुझाव माग गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले जानकारी दिए । 

उनले अनलाइन मार्फत समेत सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको बताए । 

पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीलेकृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकतामा राखिएको बताए । 

५ दिने अचार बनाउने तालिम सम्पन्न

पैयूँ गाउँपालिकाले पालिकाभित्र रहेका लघु उद्यमीलाई व्यवसायिक अचार बनाउने तालिम दिएको छ । 

स्थानीय स्तरमा उत्पादन भएका विभिन्न जडिबुटी एवम बनस्पतिको मिश्रणबाट अचार तयार गर्न पालिकाले ५ दिने स्तरोन्नति तालिम सञ्चालन गरेको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव रिमालले लघु उद्यमीलाई प्रोत्साहन गर्न अचार बनाउने तालिम दिईएको बताए । 

aachar-1718173660.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update