Odapalika - The Fourth Estate - चौथो अंग
बजेट बनाउन जुट्यो दार्मा गाउँपालिका, ७ गते गाउँसभा बैठक

काठमाडौँ । सल्यानको दार्मा गाउँपालिका आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, बजेट तथा कार्यक्रम निर्माणमा जुटेको छ । 

बजेट निर्माणका लागि सरोकारवाला निकायदेखि सर्वदलिय छलफलमा जुटेको पालिकाले आगामी असार ७ गते गाउँसाभाको बैठक डाकेको छ । 

स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ । सोही अनुसार बजेट निर्माणको तयारीमा लागिएको पालिकाका अध्यक्ष निम बहादुर केसी बताउँछन् । 

उनले पालिकाले कृषि उत्पादन, दुग्ध विकास, स्वास्थ्य, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकतामा राखेको बताए । 

उनले असार ७ गते नीति तथा कार्यक्रम राखिएको भन्दै असार १० गते सभामा बजेट पेश गर्ने तयारी भएको बताए । १० गते सार्वजनिक गरिएको बजेट माथि एक हप्ता छलफल गरेर पास गर्ने उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update