Odapalika - The Fourth Estate - चौथो अंग
नाडा अटो शोको बुकिङ खुला, कहिलेसम्म गर्ने स्टल बुक ?

काठमाडौँ । नाडा अटो शो २०२४ को बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै ‘नाडा अटो शो २०२४’को स्टल बुकिङ खुला गरिएको जनाएको हो । 

सूचना अनुसार आगामी असार ५ गतेभित्र इच्कुछ कम्पनीले स्टल बुकिङ गर्न सक्नेछन् । स्टेल आवेदन गर्ने मध्येहरुबाट लक्की ड्र गरी स्टल छनोट गरिने नाडाले जनाएको छ ।

एक सातासम्म चल्ने अटो शो भदौ ११ गतेदेखि सुरु भएर १७ गतेसम्म सञ्चालन गरिने अटो शोका संयोजक अनुपकुमार बरालले जानकारी दिए । उनका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने शोमा प्यासेन्जर कार, कमर्शियल भ्यान, दुई पाङ्ग्रे, एशोसरिज र कम्पोनेन्टको पनि अटो शोमा सहभागिता हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update