Odapalika - The Fourth Estate - चौथो अंग
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै 

काठमाडौँ । मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशीका अधिकांश क्षेत्रमा वर्षा हुनेछ । जसका कारण पूर्वी नेपालको तराई क्षेत्रका जनताले अत्यधिक गर्मीबाट केही राहत पाउनेछन् । यी बाहेकका प्रदेशका जनताले भने आजपनि प्रचण्ड गर्मी झेल्नुपर्ने छ ।

मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा पनि बिहान आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।  

दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

यी प्रदेशका प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । 

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update