Odapalika - The Fourth Estate - चौथो अंग
संसद खोल्न बालुवाटारमा बैठक 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले गरिरहेको संघीय संसद अवरोध हटाउने विषयमा  सत्तारूढ दलहरूबीच छलफल भएको छ । 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेको जनाएका छन् । 

बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update