Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना भएको ५ वर्ष पुरा भएको छ । यसबीचमा १९ हजार भन्दा बढी रोजगारदाता कोषमा सूचीकृत भएका छन् भने १४ लाख २४ हजार भन्दा बढी योगदान कोषमा आवद्ध भएर योगदान रकम जम्मा गर्न थालेका छन् । 

सामाजिक सुरक्षा कोषले दिएको जानकारी अनुसार हालसम्म कोषमा ५६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकको छ भने ९ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढी रकम दाबी भुक्तानी गरिसकेको छ । 

दाबी रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीमा १ अर्ब १३ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा दाबीमा १२ करोड ६३ लाख, आश्रित परिवार सुरक्षा रकम दाबीमा १४ करोड ५१ लाख रुपैयाँ र अवकाश दाबी रकममा ७ अर्ब ९७ करोड रुपैयाँ भुक्रानी भइसकेको छ । 

कोष स्थापना भएको लामो समय बितको र ठूलो संख्याका रोजगारदाता तथा श्रमिक आवद्ध भएपछि यसका राम्रा र नराम्रा पक्षमा बहस, छलफल र अन्तरक्रियाहरु भइरहेका छन् ।

यहीबीचमा सरकारले जेठ दोस्रो सातादेखि अन्तिम सातासम्म ७ वटै प्रदेश केन्द्रहरुमा श्रमाधान रोजगार मेला आयोजना गरेको छ । यो मेलाको सन्दर्भमा पोखरामा सामाजिक सुरक्षा कोषसँग सम्वन्धित विषय ‘अबको यात्रा, योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा श्रमाधान सम्बाद भएको छ ।  

सम्वादमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, रोजगारदाताहरुका तर्फबाट राजु पौडेल र दिपेन्द्रराज बस्ताकोटी तथा श्रमिकका तर्फबाट मुरारीराज शर्मालगायत सहभागी थिए । 

सो सम्बादमा के कस्ता विषयमा छलफल भयो? कस्ता प्रसंग उठे?, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका सम्भावना र चुनौतीहरु केके हुनलगायतका विषय उठेका छन् । प्रस्तुत छ सोही सम्वादको सम्पादित अंश ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update