Odapalika - The Fourth Estate - चौथो अंग
भाग्यमानी मेष, खर्चिलाे मिथुन, १० राशिकाे यस्ताे छ गाेचर

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन भाग्यले पूरै साथ दिनेछ । रमाइलो यात्रा हुनेछ ।   धार्मिक कार्यमा सहभागी हुन पाइनेछ ।  

वृष (इ उ ए ओ बा बि बु बे बो)

मन थकित र आलस्य हुनेछ । नयाँ काम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।    

मिथुन (का कि कु घ ङ छ के को ह)

परिवारसँगको सामिप्यताले मन आनन्दित रहनेछ । आवश्यक नयाँ योजना बनाइएला । धन भने खर्च हुने देखिन्छ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईँको आज शत्रूले काम बिगार्ने योग छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । आयभन्दा व्यय बढी हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

आज धनको आय र व्ययमा सन्तुलन रहनेछ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । मनमा उर्जा आउनेछ । आफन्त तथा इष्टमित्रको सहयोग रहला । 

कन्या (टो प पि पु ष ण ठ पो)

माताको आशिर्वादले महत्वपूर्ण काम बन्ने देखिन्छ । मनले चिताएको पुग्न कठिन होला । घरायसी झमेलामा फसिनेछ । सोचेभन्दा बढी धन खर्च हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

दाजुभाइ नै शत्रु बन्न सक्नेछन् । सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज जहाँ टेक्यो त्यही शुभ हुनेछ । मन भने चञ्चल हुनेछ । सामान खरिद गरिनेछ । यात्रा रमाइलो र सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन भाग्यले साथ दिनेछैन । बोल्दा वा कामगर्दा बिचार पुर्याउनु पर्ला । सोचेभन्दा बढी खर्च गर्नु पर्नेछ । यात्रा पनि कष्टकर नै होला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन धनागम हुनेछ । काममा बाधा दिनेहरु हट्नेछन् । सोचेभन्दा बढी काम बन्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

मिहिनेत र परिश्रमबाट मात्र काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो होला । धन सम्पत्तिको उचित खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । मनमा उमंग छाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update