Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी खोज्दै काभ्रेका १३ वटै स्थानीय तह पुगे गणक 

काभ्रे । सहकारीको विकास र विस्तारमा नेपालकै उदाहरणीय जिल्लाको परिचय कमाएको काभे्रपलाञ्चोकमा सहकारीको वास्तविक अवस्थाको खोजी थालेको छ । 

जिल्ला सहकारी संघ काभ्रेले जिल्लामा रहेका सहकारीसँग सम्बन्धित रहेर तथ्यांक संकलन थालेको छ । 

जिल्लामा रहेका सहकारी जिल्ला संघ, बचत संघ, बहुउदेश्यीय सहकारी संघ, नेफ्स्कुन्, राष्ट्रिय सहकारी बैंक, पोस्कुन, बागमती प्रदेश सहकारी संघ, बहुउदेश्यीय केन्द्रीय संघ, दुग्ध सहकारी संघ, कफी सहकारी संघ, कृषि सहकारी संघमा आबद्धता रहेको बारेमा तथ्यांक संकलनको काम गरिनेछ । 

तत्कालिन डिभिजन सहकारी कार्यालयले जिल्लाभर १ हजार ४९५ सहकारीको संख्या रहेको जानकारी गराउँदै २०७३ सालमा स्थानीय तहलाई सम्बन्धित सहकारीको फाईल हस्तान्तरण गरेको थियो । त्यसपछि स्थानीय तहले सहकारी दर्ता, अनुगमन तथा मूल्याकनको काम गर्दै आएका थिए । 

स्थानीय तह गठनपछि अधिकाशं स्थानीय तहले कृषि सहकारी दर्ता गरेपनि जिल्लामा सहकारीको संख्या कति छ भन्ने जानकारी छैन । जिल्लाभर सहकारीको संख्या कति छ भन्ने यकिन तथ्यांक कुनै पनि निकायमा छैन । 

जिल्ला सहकारी संघले जिल्लामा सहकारीको वास्तविक अवस्थाको बारेमा जानकारी लिन तथ्यांक संङ्कलनको कार्य सुरु गरेको जनाएको छ । 

जिल्लामा रहेका १३ वटा स्थानीय तहमा गणक खटाएर १ महिनामा जिल्लामा रहेका सहकारीको पूर्ण तथ्याङ्क बाहिर ल्याउन लागेको हो । सो तथ्याङ्क आएसँगै जिल्लामा सहकारीको वास्तविक चित्र देखिनेछ । 

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले सहकारीको पूर्ण विवरण ल्याउन सहकारीको तथ्यंक संकलन सुरु गरेको जानकारी दिए । 

नेपालमै कुनै पनि सहकारी संघ र सरकारीस्तरबाट यस्तो कार्य हुन नसककेको अवस्थामा जिल्ला सहकारी संघले जिल्लामा सहकारीको वास्तविक अवस्था बुझ्न पूर्ण तथ्यांक खोजन थालेको उनको भनाइ छ । 

सहकारी संघले खटाएका गणक सम्बन्धित पालिकाको सहकारीमा पुगेर ४० वटा प्रश्नको उत्तर बोकेर आउनेछन् । सबै उत्तर आएपछि जिल्ला सहकारी संघको आगामी बार्षिकोत्सवमा प्रतिवेदनको रुपमा सार्वजनिक गर्ने तयारी संघको छ । संघको यो कार्यलाई स्थानीय तहले पनि सहयोग गर्नेछन् । 

सहकारीको नाम, ठेगाना, दर्ता भएको निकाय र सम्पर्क नंम्बरको बारेमा जानकारी पाईने छ । संस्थाको प्रकार, अध्यक्ष, व्यवस्थापकको नाम र सम्पर्क र आबद्धताको प्रश्न हुनेछ । 

मूल उदेश्य बाहेक कुनै उद्योग व्यवसाय संचालन गरेको, संस्थाको जग्गा र भवनको बारेसँगै सेवाकेन्द्र भएको नभएको र भएमा कहाँ भएको प्रश्न हुनेछ ।  

कूल सदस्यमा महिला र पुरुष, संचालक समिति र लेखा समितिसँगै कर्मचारीको संख्या त्यसमा उल्लेख छन् । रासायनिक मल वितरण, संस्थामा मनी ट्रान्सफर, कोपोमिसमा आबद्ध, स्थानीय तहमा आधावधिक भएको नभएको, पछिल्लो पटकको लेखा परीक्षण, साधारणसभा र लेखा सम्बन्धि सफ्टवेयरको वारेमा उल्लेख छन् । 

मोवाईल बैंकिङ, संस्थाको वेवसाईट, एटिएम, वेव, इमेलको बारेमा प्रश्न छन् । संस्थाको वित्तिय विवरण, राज्यलाई कर कति तिरेको छ सो बारे जानकारी लिनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update