Odapalika - The Fourth Estate - चौथो अंग
फक्ताङलुङ गाउँपालिकामा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु 
फाइल तस्विर

काठमाडौँ । ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका –२ खेजिनीममा बिहीबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ४  जनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६० वर्षीय रामबहादुर लिम्बू, उनाकी श्रीमती जसमाय र लिम्बू ९ वर्षीया छोरीहरु गङ्गा जमुनाको मृत्यु भएको हो । 

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update