Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीको दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय   

काठमाडौँ । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए । 

यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमति दिएको पनि श्रेष्ठले बताए । बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update