Odapalika - The Fourth Estate - चौथो अंग
कावासोतीका मेयरको घर र अफिसमा आक्रोसित भीड प्रवेश गरेपछि...

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर ३ जनाको मृत्यु भएपछि नवलपुर जिल्ला सदरमुकाम तनावग्रस्त बनेको छ । 

सदरमुकामस्थित कावासोती नगरपालिका मा नाला खन्ने क्रममा पुरिएर ३ जनाले ज्यान गुमाएपछि आक्रोसित आफन्त आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।

नगरपालिकाको लापरवाहीले मृत्यु भएको भन्दै नगरप्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेपछि बाक्लो स.ख्या परिचालन गरिउका प्रहरीले भीड हटाउन बल प्रयोग गरेको छ । 

ढीलागरी आइपुगेको प्रहरीले अहिले आन्दोलनकारीलाई लखेटेको छ भने सो क्रममा अस्रुग्यास प्रहार गरेको हो । स्थानीय र मृतकका आफन्तले नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । बिहबिारबाटै आन्दोलनमा उत्रिएका स्थानीय शुक्रबार बिहानैदेखि नगरपालिका कार्यालय र नगरप्रमुखको घर घेराउमा पुगेका हुन् । 

नाला खन्ने क्रममा पुरिएर बिहीबार कावासोती नगरपालिका वडा नम्बर ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला निर्माणको काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँइमा ढुङ्गा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा पुरिएर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update