Odapalika - The Fourth Estate - चौथो अंग
१० बुँदे सहमतिसँगै रोकियो कावासोती नगरपालिकाको तनाव 

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर ३ जनाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका स्थानीय र नगरपालिकाबीच १० बुँदे सहमति भएको छ । 

यो सहमतिसँगै हिजोबाट मृतकका आफन्त र स्थानीयले गर्दै आएको आन्दोलन स्थगित भएको नगरपालिकाले जनाएको छ ।

मृतकका परिवारलाई एक घर एक रोजगारीको ज्ञारेन्टी गर्ने, मृतकका वालबच्चाको कक्षा १२ सम्म अध्ययनको  जिम्मा नगरपालिकाले लिने, मृतकका परिवारलाई राहतस्वरुप ५ लाख रुपैयाँ दिने, मुद्धति खाता खोलेर ५ लाख रुपेयाँ जम्मा गरिदिनेलगायतका सहमति भएको छ । 

याे पनि : कावासोतीका मेयरको घर र अफिसमा आक्रोसित भीड प्रवेश गरेपछि...

शव व्यवस्थापनमा लाग्ने खर्च व्यहोर्ने, घटनास्थलमा मृतकका शिलालेख तयार पार्नेलगायतका सहमतिपछि आन्दोलन रोकिएको हो । 

सहमतिमा उपमेयर फुलकुमारी थनेत, वडाअध्यक्षहरु याम बहादुर थापा, निरजकुमार पुन, शिवप्रसाद पाण्डे र शारदाप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् भने मृतकका परिवारका तर्फबाट र स्थानीय व्यक्तिहरुले हस्ताक्षर गरको छन् । 

sahamati-1718361981.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update