Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकामा छिटपुट वर्षा हुँदा कोशीसहित अन्य क्षेत्रमा यस्तो छ अवस्था 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशको पुर्वी भागमा मौसम सक्रिय रहेका कारण कोशीमा पानी पर्ने सम्भावना छ भनेको छ । 

नेपालमा हाल स्थानीय, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

कोशी, मधेस प्रदेश, गण्डकी र वाग्मती प्रदेशमा आंशिक वर्षा हुँदा बाँकी भू–भागमा पानी पर्ने सम्भावना नरहेको विभागको भनाइ छ । 

अहिले कोशी प्रदेशका केही स्थानमा तथा मधेस र वाग्मती  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति काठमाडौँ उपत्यकामा हल्का बर्ष भएपनि उज्यालो भएपछि भने बिस्तारै बादल फाट्दै गएको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

राति भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update