Odapalika - The Fourth Estate - चौथो अंग
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू 

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बजेटमाथि छलफल गर्न डाकिएको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । 

नगरसभामा कांग्रेस र एमालेका ३ जना नेताका कारण सभाका १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले दलीय आस्थाअनुसार ३ जना प्रस्तुत हुँदा अरुको बोल्ने अधिकार हनन भएको बताएका छन् । 

काठमाडौँ महानगरको नगरसभा एमाले, कांग्रेस र माओवादीले बहिष्कार गरेका छन् । बहिष्कार गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।’

काठमाडाैँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले भनेका छन्, ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले गर्दैन । काठमाडाँै महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update